'बि हार्ट हिरो' भन्दै वायोधा अस्पतालले मनायो  विश्व मुटु दिवस

महिला स्वास्थ्य

२०७६ आश्विन १२ आइतबार

फेसबुक , जनाइएको , शेर्पा

काठमाडौं - आज विश्व मुटु दिवसको अवसर पारेर वायोधा अस्पतालले मुटु रोग सम्बन्धि जनचेतना फैलाउदै  प्रभातफेरि निकालेको छ । 

वायोधा अस्पतालबाट सुरु गरेको प्रभातफेरि कुलेश्वर , कालीमाटी , टेकु , कालोपुल सानेपा हुदैँ बल्खु पुरेर टुगिंएको छ ।

'बि हार्ट हिरो' नाराका साथ मुटुलाई स्वस्थ राख्ने प्रतिबद्धता लिनुस् भन्दै १५० जना उक्त  प्रभातफेरिमा सहभागि भएका थिए । 

सो दिवसको अवसर पारेर वयोधा अस्पतालले आश्विन १० गते देखि १२ गते सम्मका लागि सुलभदरमा ( १९९ ) मा मात्र मुटु जाँच गराई रहेको छ । मुटु रोग विशेषज्ञ द्धारा इसीजी, टोटल कोलेस्टेरोल , ब्लड सुगर र भाइटल राइन सुलभदरमा जाँच गराई रहेको छ । 


 

महिला स्वास्थ्य

Loading...
Loading...

Add New Comment

Name: Email Address:
Enter your comment