नेपालगन्ज- बाँकेमा कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ का वडा सदस्य तारा कसेराको आज भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार५० वर्षीय कसेरा एक साता अघि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि आज दिउँसो २ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
कसेरालाई चैत २० गते कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना गरिएको फोकल पर्सन वलीले बताए । कसेरालाई सुगर र प्रेसरको समस्या रहेको बताइएको छ ।
यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ८४ पुगेको छ ।