काठमाडौं- नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ८८ जना संक्रमितको निधन भएको छ ।
त्यसैगरी थप ४ हजार २२ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १८ हजार ७ सय ८७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टीजेन परीक्षण गर्दा ७३ जना गरी थप ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको हो ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ । क्वारेनटीनमा ४१९ जना छन् ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ८३२ र भेन्टीलेटरमा २६७ जना उपचाररत छन् ।