काठमाडौं- पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार १९८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जना गरी कुल ४ हजार १९८ जनामा संक्रमण देखिएको हो ।
यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ४७।४३ प्रतिशत हो । आज देशभर ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै पछिल्लो चौबिस घण्टामा थप ८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ यो हालसम्म कै बढि मृतक संखया हो ।