काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भने १३९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म मृतक संख्या ३ हजार ८५९ पुगेको छ ।
१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।