काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पिसिआर परीक्षण सेवा रोकेको छ ।
मंगलबार अस्पतालले सूचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको छ ।
विशेष कारणवश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आइको पिसिआर परिक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,' सूचनामा लेखिएको छ।
एक्ट्याक्सन किट नभएकोले पिसिआर परीक्षण रोकिएको र आवश्यक परीक्षण सामग्री आएपछि पुनः परीक्षण सुरु गरिने अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।