काठमाडौं- नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सहित हाल संक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६३४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार २९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन्।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छ।
पछिल्लो २४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।