बर्दिया- कोरोना भाइरस संक्रमणका कारण बर्दियाकी गर्भवति महिलाको मृत्यु भएको छ ।
बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका-१ कि ३४ बर्ष ती महिलाको भरी अस्पतालमा उपचारका क्रममा आज राती २ः५८ मा मृत्यु भएको हो ।
बैशाख २२ गते पीसीआर परिक्षण गराउँदा पोजेटिभ आएको र स्वास्थ्यमा सामान्यखालको समस्या देखिए सँगै भेरी कोभिड बिशेष अस्पतालमा २४ गते भर्ना गरिएको फोकल पर्सन श्रेष्ठले बताए । उनले भने 'अस्पताल भर्ना गर्दा स्वास्थ्यमा खासै समस्या थिएन तर हिजोराती (शुक्रबार) बाट भने अवस्था जटिल बन्दै गयो उपचारमा सङ्ग्लग्न स्वास्थ्यकर्मीले धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।'
मृतक महिला ५ महिनाको गर्भवती समेत रहेको फोकल पर्सन श्रेष्ठ भने 'महिलामा कुनै पनि दिर्घ रोग समेत थिएन तर पनि उँहाको ज्यान गयो ।' भेरी कोभिड बिशेष अस्पतालमा कार्यररत स्वास्थ्यकर्मीको टिमले कोरोना संक्रमणको सुरुवाति चरण देखि हाल सम्म ५००० (९८ प्रतिशत) भन्दा बढि संक्रमितहरुलाई कोरोना मुक्त बनाएको उनले बताए ।