घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ । प्राचिन कालदेखि प्रयोग हुँदै आएको घिउ चिल्लोसँगै यो भिटामिनको पावर हाउस नै हो । यसमा दुधमा पाइने प्रोटिन, काब्रोहाइड्रेट र पानीको मात्रा भने हुँदैन । पछिल्लो समय हाम्रो मुलुकमा घ्यू प्रयोग गर्नु स्वस्थकर भन्नेजस्ता गलत र भ्रामक सूचना पनि सम्प्रेशण भइरहेका छन् । तर, यो स्वास्थ्यको लागि अति उपयोगी हुन्छ ।
बच्चालाई घिउ कति खुवाउने
हाम्रो शरीरलाई चाहिने फ्याट अथवा चिल्लो पदार्थ दूई प्रकारका हुन्छन् स्याचुरेटेड र अनस्याचुरेटेड। अनस्याचुरेटेड फ्याट लाई हृदयमैत्री मानिन्छ भने स्याचुरेटेड फ्याट मुटुको लागी स्वस्थकर मानिदैन। अर्कोतिर स्याचुरेटेड फ्याट बच्चाको मस्तिष्कको विकासको लागी भने अपरिहार्य हुन्छ।
घिउमा ५० देखी ७० प्रतिशत स्याचुरेटेड फ्याट हुन्छ। बच्चाको मस्तिष्कको लगभग ८० प्रतिशत विकास पहिलो २ वर्षमा पूर्ण हुन्छ। यसर्थमा २ वर्ष मुनिका बच्चाहरुलाई दैनिक १ देखि २ चियाचम्चा घिउ दिँदा फाइदा नै हुन्छ। तर दुई बर्ष भन्दा माथीका बच्चालाई मुटुको दीर्घकालीन स्वास्थ्यलाई मध्यनजर गर्दै घिउको मात्रा सीमित गरेर अनस्याचुरेटेड फ्याट भएका भेजिटेबल अएल , नट्स, गेडागुडि, एभोकाडो, माछा को सेवन प्रति बढी प्रोत्साहित गर्नु पर्छ।
घिउ सेवनका फाइदाहरु
- मधुमेहका विरामीका लागि
- मजबुत हाडको लागि
- जोर्नी स्वस्थ बनाउन
- प्रतिरक्षा प्रणाली बढाउन
- शरीरलाई शक्ति प्रदान गर्न
- आन्द्राको रोगबाट बच्न
- शरीरको इन्फ्लामेसन घटाउन
- आँखालाई स्वस्थ राख्न
- छालालाई चिल्लो र स्वस्थ राख्न