काठमाडौं । खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सरपिडित चन्द्रकुमार राईका लागि १७ लाख १ हजार १६६ रुपैयाँ सहयोग संकलन भएको छ ।
समाजसेवी केदार आले मगरको नेतृत्वमा संचालित ‘क्यान्सरपिडित चन्द्रकुमार राई बचाऊ अभियान’बाट संकलन भएको रकम बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको केदार आलेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति खोटाङ जिल्लाका संघीय सांसद रामकुमार राई ‘पासाङ’, मुख्य अभियन्ता केदार आले, समाजसेवी ध्यानकुमार राईलगायत अन्य अथितिले संयुक्त रुपमा उक्त रकम चन्द्रकुमार राईलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद पासाङले दुःख, पिडामा एकजुट भएर सहयोग रकम संकलन गर्नु धेरै राम्रो काम भएको बताए । उनले एक व्यक्तिलाई दुःख पर्दा सबैजना एक भएर लागेको देख्दा खुसी लागेको बताए ।
त्यस्तै, कार्यक्रममा अध्यक्षता ग्रहण गरेका केदार आलेले आफ्नो नेतृत्वमा राम्रै सहयोग रकम संकलन गर्न सफल भएको बताए । उनले अन्य विरामीहरुलाई पनि यस्तै अभियानबाट सहयोग गर्दै आएको बताए ।