काठमाडौं । पिसाबको संक्रमण भन्नाले मूत्र प्रणालीमा पिसाब बनाउनेदेखि लिएर पिसाब भण्डारण तथा पिसाब शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने जुनसुकै अंग (मिर्गौला, मूत्रवाहिनी, मूत्रथैली तथा मूत्रनली)मा हुने संक्रमणलाई बुझिन्छ । यसलाई साधारण बोलीचालीको भाषामा युटिआई अथात् पिसाबको संक्रमण भनिन्छ । प्रायः पुरुषमा भन्दा महिलामा पिसाबको संक्रमण धेरै हुने गर्दछ ।
बच्चाहरुमा धेरै र पटक पटक देखिने समस्यामध्ये एक पिसाबको संक्रमण पनि हो । पिसाबमा संक्रमण हुने कारण धेरै छन् । विशेषतः ई–कोलाई नामक कीटाणुका कारण पिसाबमा संक्रमण हुन्छ ।
के गर्ने
- छोरीलाई सफा गर्दा अगाडीबाट पछाड़ी सफा गर्न सिकाउने
- सुतीको भित्री वस्त्र लगाईदिने, कसिलो पेंट नलगाईदिने
- गुप्तांग सफा गर्न वास्नादार साबुनको प्रयोग नगर्ने, सादा पानीको प्रयोग गर्ने
- चिया, कफी, कोक फेंटा जस्ता क्याफिन मिश्रित पेयपदार्थ नदिने
- कब्जियतको उपचार गर्ने
- डाइपर पटक पटक बदलदीने
- पिसाब नरोक्न सिकाउने
- नियमित अन्तरालमा पिसाब फेरीराख्न र पिसाब गर्दा पूर्णरूपमा खाली गर्न सिकाउने
- पानी प्रशस्त ख्वाउने
(डा.निश्चल संजीवनीको फेसबुक वालबाट साभार)