काठमाडौं। नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीन दिने नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेला हुने भएको छ।
दन्त चिकित्सा सम्बन्धित सबै पक्षलाई समेट्ने उद्देश्यसहित आगामी चैत २, ३ र ४ गते भुकुटीमण्डपमा एनडिडिएले नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेलाको आयोजना गर्न लागेको हो।
नेप्डेन्ट मेलामा आउने ग्राहकहरुले विशेष छुट तथा विभिन्न अफरहरु पाउने मेलाका सहसंयोजक शेखर सुवेदीले जानकारी दिए। एनडिडिएले नेपालमा दोस्रोपटक मेलाको भुकुटीमण्डपमा हुन लागेको सुवेदीले बताए।
उक्त मेलामा १०० भन्दा बढी स्टल रहने छन् । हालसम्म नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४४ संस्थाहरुले काम गर्दै आइरहेका छन्। उक्त मेलामा दन्त चिकित्सकहरुका लागि विशेष प्रकारको तालिम पनि प्रदान गरिने संघका सचिव निरन्जन खतिवडाले बताए।