काठमाडौं- पछिल्लो २४ घण्टामा देभर थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन्। सोहि अवधिभर १६७८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१० गर्दा ९९५ मा संक्रमण देखिएको छ।
कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।