काठमाडौं- काठमाडौँ उपत्यकाको निषेधाज्ञामा केहि कडाइ गर्दै फेरि थप्ने तयारी भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले काठमाडौं उपत्यकाको निषेधाज्ञामा केहि कडाइ गर्दै थपिन सकिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
यसबारे आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय लिइने उनले बताए ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।