काठमाडौं- बाँकेको भरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार गुर्भाकोट-१३, सुर्खेत निवासी ३१ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल, नेपालगंजमा मृत्यु भएको हो ।
एक हप्ता अघि मात्र भारतबाट फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछी नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा चैत्र ३१ गते उनलाई कोरोना पुष्टि भएको फोकल पर्सन ओलीले बताए ।
कोरोना पुष्टि भएपश्चात चैत्र ३१ नै गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार गर्दा गर्दै आज बिहान ७ बजेर ३५ मिनेटमा मृत्यु भएको भेरी उनले बताए ।
योसंगै बाँकेमा बाहिर जिल्लाका संक्रमितको मृत्यु हुने संख्या ९३ पुगेको छ ।