काठमाडौं - कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको बताए ।
“सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्”, उनले भने म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो । पन्ध्र जनाको अणुवांशिक (जीन सिक्वेन्सिङ) मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो ।
सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरुमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन््याक्ट ट्रेसिङलगायतका कार्य भइरहेको उनले बताए । दुवै कोभिड–१९ का नयाँस्वरुप भएकाले कडा खालका भाइरस मानिन्छन् । दुवै सङ्क्रामक क्षमता बढी रहेका भाइरस हुन् । रासस