कतिपयः अभिभावकहरु आफ्नो बच्चालाई कुन उमेरमा पानी पिलाउन सुरु गर्ने हो? भन्ने कुरामा अन्यौल हुन सक्छन्। यदि त्यस्तो हो भने, अब त्यो अन्यौल हटाउन जरुरी छ। बच्चाले आमाको दुधबाटै हाइड्रेड पनि प्राप्त गरिरहेको हुन्छ। त्यसैले, ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुने चिकित्सकहरुको भनाई छ।
- नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्छ ।
- नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या निम्तिन सक्छ ।
- नवजात शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दुध नै मन नपराउने हुन सक्छ । बच्चाको स्वास्थ्यका लागि जुन निकै हानिकारक साबित हुन्छ ।
- बच्चा चार महिनाको भएपछि दिनमा एक वा दुईपटक दुईदेखि तीन चम्चासम्म पानी पिलाउन सकिन्छ ।
- जब बच्चाले ठोस खाना खान थाल्छ तब मात्र पानी पिउन सक्ने हुन्छ । यस्तो अवस्थामा पानी पिलाइयो भने उसलाई कब्जियतको समस्या हुँदैन ।
- चार महिनापछि शिशुलाई आमाको दुध र पानी दुवै पिलाउन सकिन्छ । यद्यपि, पानीमा बढी जोड दिनुहुँदैन ।