काठमाडौं - शिशु जन्मेको १५ महिनासम्म बालबालिकालाई ७ पटक खोप नछुटाइकन लगाउनुपर्ने हुन्छ । नवजात शिशुलाई क्षयरोग विरुद्ध बिसिजी खोप पहिलो पटक जन्मने बित्तिकै लगाइ दिनुपर्छ ।
त्यसैगरी शिशुलाई डीपीटी हेपाटाइटिस बी हिबको तीन डोज, दादुरा रुबेलाको दुई मात्रा र पोलियो थोपाको तीन मात्रा समेतको पूर्ण खोप लगाउनुपर्छ । यो यि खोपहरु नेपाल सरकारले निशुल्क उपलब्ध गराएको छ । यि खोपहरुको आफ्ना आफ्नै बिशेषताहरु रहेका छन् ।
नवजात शिशुलाई पहिलो पटक लगाइने बिसिजी खोप लगाइन्छ भन्नेमा धेरैजसो व्यक्ति जानकार भएपनि यसका बिशेषताबारे कमै व्यक्तिहरु जानकार छन् । बिसिजी खोपको कार्य र यो खोप लगाएपछि के हुन्छ भनने जानकारी तल प्रस्तुत गरिएको छ ।
बिसिजी खोपले बालबालिकालाई क्षयरोगको संक्रमणबाट बचाउँछ ।
यो जन्मेदेखि १ महिना भित्र दाहिने पाखुराको छालामुनि दिइन्छ ।
सामान्यतय यो खोप लगाएपछि खोप दिएको ठाउँ पाखुरामा सानो डल्लो बन्छ केहि हप्ता पछि फुटेर एक सेमि भन्दा सानो घाउ बन्छ र केहि हप्तामा निको भएर दाग बस्छ ।
यसमा एन्टिबायोटिक क्रिम लगाउन हुदैँन । यदि खोप लगाको भागमा पिप जमेर फोका आएमा चिकित्सकलाई देखाउनुपर्छ ।
यो खोप लगाएपछि कहिलेकाहि केहि महिनासम्म दाहिने काखि मुनिको ग्रन्थी नदुख्ने गरी ठुलो हुन सक्छ । त्यसलाई उपचारको आवश्यकता हुदैँन ।