काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केहि दिन अघि मात्र भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो ।
उनीहरुले स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए । परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।
हाल पूर्व राजदम्पति आइसोलेसनमा रहेका छन् । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ अवस्था भने सामान्य रहेको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम पनि शुरू भएको छ ।