बाँके- भेरी अस्पताल, नेपालगन्जमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकलपर्शन तेज ओलीलका अनुसार नेपालगन्ज १२ का ७० वर्षिय संक्रमित पुरुषको उपचारका क्रममा भरी अस्पतालमा आज रसाती १२ बजे मृत्यु भएको हो ।
चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका ती ७० पुरुषको मध्यराती मृत्यु भएको उनले बताए । यो सँगै बाँके जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
मृतकको शव ब्यवस्थापनका लागि नेपाली सेना र मृतकको परिवारसंग समन्वय भईरहेको ओलीले बताए ।