बाँके- बाँकेमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । भेरी अस्पतालमा हाल १४० जना कोरोना संक्रमित उपचाररत छन् ।
कोभिड–१९ संकट व्यवस्थापन बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार ५६ जना महिला र ८४ जना पुरुष गरि जम्मा १४० जना कोरोना संक्रमित भेरी अस्पतालमा उपचाररत छन् । जसमध्ये ३६ जना सिकिस्त र ५ जना भेन्टिलेटरमा राखिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगर क्षेत्रमा आज राती १२ बजेबाट लागुहुने गरि १ साताका लागि ‘लकडाउन’ गर्ने भएको छ मंगलबार नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या ७३५ पुगेको थियो।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा अवज्ञा अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने चेतावनी दिईएको छ ।