काठमाडौं- पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोही अवधिमा थप २८७ जना कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार २२० जना र ८०३ जनाको एन्टीजेन परीक्षण गर्दा १३१ जना गरी थप २ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैगरी काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी १ हजार ५१ जना थपिएका छन् ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । क्वारेनटीनमा ८६ जना छन् । भने आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन् ।