काठमाडौं- वीर अस्पतालमा कार्यरत ६ जना चिकित्सकसहित १७ जना नर्स तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई यसअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।
सङ्क्रमित हुनेमध्ये अधिकांशले पहिलो चरणको कोरोनाविरुद्धको खोप पनि लगाएको वीर अस्पताल कोभिड फोकल पर्सन डा.अच्युत कार्कीले बताए ।
उनले भने सङ्क्रमितमध्ये सबैभन्दा बढी कोभिड आईसीयूमा कार्यरत चिकित्सक, नर्सलाई र फार्मेसीमा कार्यरत फर्मासिस्ट, पारामेडिक्ससमेतलाई कोरोना पुष्टि भएको हो ।
वीर अस्पतालको कोभिड आइसोलेसन सेन्टरमा अहिले ३३ जना कोरोना संक्रमित उपचारमा रहेको बताइएको छ । त्यसमध्ये ३ जना भेन्टिलेटरमा र ८ जना आइसीयूमा रहेको फोकल पर्सन डा. कार्कीले बताए ।