बर्दिया- गुलरिया नगरपालिकामा अक्सिजन सहितको २७ बेडको कोभिड अस्पताल संचालनमा ल्याउँने तयारी पुरा गरेको छ ।
हरेक स्थानीय तहमा अक्सिजन सहितको बेड भएको कोभिड अस्पताल संचालनमा ल्याउँने क्रममा बर्दिया स्थित गुलरिया नगरपालिकामा पनि २७ बेडसहितको कोभिड अस्पताल महिला विकास भवनमा संचालन ल्याउने तयारी पुरा भएको बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
फोकल पर्सन श्रेष्ठ भन्छन् 'जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जिल्लाका ८ वटै स्थानीय तहमा कोभिड अस्पताल सन्चालनमा ल्याउने तयारी गरिरहको छ । '
अस्पताल संचालनमा आएसँगै अब बर्दिया जिल्लाका सिकिस्त बिरामी मात्र अक्सिजन सहितको एम्बुलेन्समा भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुर पठाउने व्यवस्थामा गरेको फोकल पर्सन श्रेष्ठले बताए ।