काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी १ हजार ४९८जना थपिएका छन् ।