काठमाडौं- बाँके र बर्दियामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि आज राति १२ बजे देखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।
बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका र कोरोेना संक्रकितहरु उच्च रहेका जिल्लाहरु हुन् ।