नेपालगन्ज- बाँकेमा तिव्ररुपमा फैलिएरहेको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने र संक्रमित हुने संख्या बढ्दै गइरहेको छ ।
कोरोना संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा आज बाँकेकी एक ७ वर्षिया बालिका सहित १२५ जनाले कोरोना संक्रमण मुक्त भएका छन् ।
बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार आज सोम मात्र ७ वर्षिया एक बालिका र ७५ वर्षिया वृद्धासहित १२५ जना संक्रमितले कोरोना जितेर घर फर्केका हुन् ।
बाँकेमा हालसम्म पाँच हजार १२८ जना संक्रमित निको भएका छन् । हिजो (आईतबार) मात्र बाँकेमा ४ महिला र ४ पुरुष सहित ८ जना संक्रमितको एकै दिन मृत्यु भएको डिसिसिएमसी बाँकेले जनाएको छ । बाँकेमा हाल २ हजार २७८ जना सक्रिय सक्रमित रहेका छन् ।