काठमाडौं– नेपालमा पनि पछिललो केहि समययता कोरोना भाइरसको संक्रमण तिब्रगतिमा फैलिरहेको छ । जसका कारण अतिकमित जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ ।
कोरोना महामारीलाई फैलन नदिनका लागि सावधानीका उपायहरु छलफल गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुबारे निर्कष निकाल्नका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच छलफल भयरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारीले बताए ।