काठमाडौं- कोरोना भाइरसको महामारी तीव्र गतिमा बढ्दै गएपछि सावधानीका लागि उपत्यकामा निषेधाज्ञा लागु हुने भएको छ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने सहमति गरेको हो।
निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको र मन्त्रिपरिषद्बाट गर्नुपर्ने निर्णय के के हुनेछन् भनेर त्यो पनि खाका तयार भइरहेको उनले बताए।