काठमाडौं- कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप चारजना मृत्यु भएको छ ।
वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा रहेका पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
यस्तै शनिबार कोरोना संक्रमण पुष्टि भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा रहेकी पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी शनिबार कोरोना संक्रमण पुष्टि भएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा रहेका स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि सोमबार मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।