नेपालगञ्ज- नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा अस्पतालले जनशक्तिको चरम अभाव भएकोले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मीको माग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालले माग गरे बमोजिम ८० जना जनशक्ति थप्ने निर्णय गरेका भेरी अस्पतालले सोमवार दिउँसो सूचना जारी गरेको हो ।
मन्त्रालयले पठाएको पत्रमा अस्पतालबाट तीन महिनाका लागि करार सेवामा जनशक्ति व्यवस्थापन गर्ने माग आएकोले तीन महिनाका लागि १० जना मेडिकल अफिसर, २ जना नर्सिङ अधिकृत, ३ जना एनेस्थेसियोलोजिस्ट, ५ जना ल्याब टेक्निसियन, ४० जना स्टाफ नर्स र २० जना सरसफाइकर्मी गरेर ८० जना थप्ने अख्तियारीको निर्णय गरेर पठाएको सूचनामा उल्लेख गरिएको छ ।