बाँके- अहिलेको अवस्थामा कोरोना महामारीको दोस्रो चरणको लहरले सबैभन्दा बढी बिचलित बनाएको बाँकेको भेरी अस्पतालले थप ६० जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको छ ।
हाल विश्वभर माहामारीका रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणका कारण भरी अस्पतालमा जटिल लक्षण संक्रमितहरु आउँनेक्रम दैनिक बढिरहेकाले उनिहरुको हेरचाहा र उपचारका लागि आईसोलेसन वार्डमा काम गर्नका लागि अस्पतालले ३ दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ ।
सोमवार सूचना जारी गर्दै अस्पतालले तीन दिनभित्र रितपूर्वकको दरखास्त आह्वान गरेको हो । कोभिड आईसोलेसन वार्डमा काम गर्नका लागि ३ जना एनेस्थेसियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, २ जना नर्सिङ अधिकृत, ५ जना ल्याब टेक्निसियन र ४० जना स्टाफ नर्सका लागि आवेदन खुलाइएको हो ।
यस्तो छ अस्पतालले माग गरेको आवेदनः