धरान - धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलका अनुसार मृत्यु हुने मध्ये विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उनि उच्च रक्तचापका बिरामी थिए । उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
त्यस्तै अर्का मृत्यु् हुनेमा धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हुन् । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको डा. पोखरेलले बताए । ४८ वर्षीय मृत्यु पुरुषलाई पनि उच्च रक्तचापको बिरामी थिए ।
दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।