काठमाडौं- ऊर्जा,जलस्रोत तथा सिचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ।
संक्रमण पुष्टि भएका मन्त्री रायमाझीलाई छाउनी स्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
उनले आफुसँग सम्पर्कमा रहेका व्यक्तिहरूलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् । मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।