नेपालगन्ज- यतिबेला कोरोना संक्रमणको हटस्पट बनेको नेपालगन्जमा कोरोना संक्रमण र मृत्यु हुने संख्यामा दैनिक बृद्धि भईरहदा कोरोना संक्रमण मुक्त हुनेको संख्या पनि पछिल्लो समय बढ्दै गइरहेको छ ।
जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितले निको भईए घर फर्किएका छन् ।
निको हुने मध्ये ५० महिला र ५६ पुरुष गरि जम्मा १०६ जना कोरोनालाई परास्त गरि डिस्चार्ज भएको फोकल पर्शन ओलीले बताए ।
हिजो (सोमबार) मात्रै बाँकेमा १२५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।