नेपालगन्ज- बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज ४ का ६० वर्षीय पुरुष, नेपालगन्ज ५ का ५५ वर्षीय पुरुष, नेपालगन्ज ९ का ४२ वर्षीय पुरुष र बढैयाताल ८ का ३२ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर ११ की ४३ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।
यो सँगै कोरोनाबाट बाँकेका १०६ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १०९ जनाको मृत्यु भएको छ ।