काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ३३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २ सय ७९ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, आज देशभर ९२८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएका छन्।
हाल नेपालमा सक्रिय संक्रमितको सख्या ३८ हजार ८१३ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।