नेपालगन्ज- बाँकेमा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत तुलसीपुर-१७ दाङका ४५ वर्षीय पुरुष, नेपालगन्ज-६ बाँकेकी ४७ वर्षीया महिला, कोहलपुर-११ बाँकेका ३५ वर्षीय पुरुष, दंगीशरण-१ दाङका ६० वर्षीय पुरुष, भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज-१० की ५५ वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कृष्णनगर-५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट बाँकेका १ सय १८ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय १७ जनाको मृत्यु भएको छ ।