काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले आइतबार(आज) बाट कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने बताएका छन् ।
शनिवार साँझ एक भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कसैलाई पनि आतङ्कित नहुन आग्रह गरेका छन् । उनले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको समेत स्पष्ट पारेका छन् ।
सरकार जनताको साथमा रहेको र बाहिर प्रचार भए जस्तो कोरोना संक्रमितको उपचारबाट हातखुट्टा नझिकेको र सरकार यथासंभव विश्वमा उपलब्ध साधन जोह गर्न लागेको बताए ।
अहिलेको संक्रमण आक्रमक भएकाले संक्रमित संख्या बढेको र व्यबस्थापनमा केही समस्या भएको उनले बताए ।