नेपालगन्ज- बाँकेमा कोरोनाबाट थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार मृत्यु हुने मध्ये नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष, नेपालगन्ज १० बाँकेका ७० वर्षीय पुरुष, धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुष र बैजनाथ ५ बाँकेकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।
यो सँगै कोरोनाबाट बाँकेका १४१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १२५ जनाको मृत्यु भएको छ ।