काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ । क्वारेनटीनमा २५३ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६१६ र भेन्टीलेटरमा १७९जना उपचाररत छन् ।