काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २८८ कोरोना भाइरस संक्रमित थपिएका छन् । भने सोहि अवधिमा १२७ जना संक्रमणमुक्त भएका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेका छन् । भने हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।
हाल ८४ जना क्वारेन्टाइनमा रहेका छन् ।