काठमाडौं- रेम्डिसिभिर औषधि कोरोना भाईरस संक्रमितका लागि अचुक औषधि नभएको औषधि व्यवस्था विभागले जनाएको छ ।
मंगलबार विभागले विज्ञप्ति जारी गर्दै सबै प्रकारका कोभिड १९ का विरामीका लागि रेम्डिसिभिर औषधि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा सिफारिसकर्ताले ख्याल पुर्याउन निर्देशन दिएको हो ।
संक्रमित विरामीको उपचारमा संलग्न चिकित्सकहरुले समेत उपचार प्रोटोकल अनुसार प्रयोग गर्न सचेत गराउन अनुरोध गरेको छ । बंगलदेशको बेक्सीम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको वेमसिभिर औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ ।
भाइरल रोगका बिरामीको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा कोभिडको उपचारमा विश्वभर प्रयोग गर्न थालिएको छ ।