काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, भने २ कोरोना संक्रमितले ज्यान गुमाउनु परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय १२ जनाको नमुनाको परीक्षण हुँदा ७८१ संक्रमित थपिएका छन् । त्यस्तै सोही अवधिमा ५११ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ रहेको छ ।