काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्। यहि अवधिभर देशभर ५३ जना कोरोना संक्रमित बिरामीको. मृत्यु भएको छ ।।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३ सय ४ स्वाव परीक्षण गर्दा ८४१८ जनामा पीसीआर रिर्पोट पोजेटिभ आएको हो ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । क्वारेनटीनमा ३९८ जना छन् । त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।