काठमाडौं । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्यूट अफ इन्डोयूरोलोजी ४० जना विपन्न बिरामीहरुको नि:शुल्क शल्यक्रिया गर्ने भएको छ ।
आगामी पुस १४ गतेदेखी तीन दिनसम्म ४० जना मृगौला र प्रोस्टेट ग्रन्थीका बिरामीहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको उक्त संस्थाले ४० जना विपन्न बिरामीहरुको निशुल्क शल्यक्रिया गर्ने खड्गी इन्स्टिच्यूट अफ इन्डोयूरोलोजीका प्रबन्ध निर्देशक डा.सञ्जय खड्गीले बताए ।
उक्त शिविर आरुस लाइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा हुन लागेको हो । १४ महिना अगाडि स्थापना भएको यस खड्गी इन्स्टिच्यूट अफ इन्डोयूरोलोजीले हालसम्म २८ जनाको निशुल्क तथा ७५ जनाको नि:शुल्क शल्यक्रिया गरेको छ ।
शिविरमा आउने बिरामीको शल्यक्रिया मात्र नभई उनीहरुलाई लाग्ने औषधी तथा बेड चार्ज समेत निशुल्क गरिने डा.खड्गीले बताए । पत्थरीको शल्यक्रियाका लागि मिनी पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थीका लागि बाइपोलार टर्भ विधिको प्रयोग गरिने छ ।
शिविरबाट आर्थिाक अभावका कारण उपचार गर्न नसकेका मृगौला तथा प्रोस्टेट ग्रन्थी फेल हुने अवस्थामा पुगेका बिरामीहरुलाई राहत पुग्ने डा.खड्गीको दाबी थियो । सामान्यतया यस संस्थाले दैनिक १५ देखी २० जना बिरामीहरुको शल्यक्रिया गर्ने गरेको छ ।
जसमा ४ जनाको नि:शुल्क शल्यक्रिया हुने गरेको छ । २५ बेडमा सञ्चालित यस अस्पतालले स्थापना कालदेखी हालसम्म १४४० जनाको शल्यक्रिया गरिसकेको छ ।