काठमाडौं । ग्यास सिलिन्डर विष्फोटमा घाइते भई हाल भारतको नेशनल बर्न सेन्टरमा उपचाररत्त अवस्थामा रहेका डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
उनको जलेको अनुहारको छाला विस्तारै निको हुने क्रममा रहेको छ । काठमाडौँको बुद्धनगरस्थित घरमा नै ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए।
उनीहरूलाई जलेकै दिन कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।