गर्भावस्था एक नाजुक समय हो । यस अवस्थामा महिलामा उच्च रक्तचापको समस्या पनि एक हो । जसका कारणले बच्चाको जन्म दिने आमा तथा शिशुलाई नै खतरा हुन सक्छ । यस अवधिमा शरीरमा हुने हार्मोनल तथा शारीरिक परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन्। त्यसमध्ये उच्च रक्तचाप पनि गर्भावस्थामा देखिन सक्ने महत्वपूर्ण समस्या हो। समयमै पहिचान र नियन्त्रण हुन नसके उच्च रक्तचापले गर्भवती महिला र गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यमा जटिलता निम्त्याउन सक्छ।
गर्भावस्थामा उच्च रक्तचाप देखिएपछि नियमित रूपमा रक्तचाप जाँच गर्नुका साथै चिकित्सकको सल्लाहअनुसार खानपान, आराम र दैनिक गतिविधिमा ध्यान दिन आवश्यक हुन्छ। अत्यधिक नुनको सेवन कम गर्ने, सन्तुलित तथा पोषणयुक्त खाना खाने, तनाव कम गर्ने र चिकित्सकले अनुमति दिएको अवस्थामा हल्का शारीरिक गतिविधि गर्ने जस्ता कुराले समग्र स्वास्थ्य व्यवस्थापनमा सहयोग गर्न सक्छ।
तर गर्भावस्थामा उच्च रक्तचापलाई सामान्य समस्या ठानेर घरेलु उपायमा मात्र निर्भर हुनु उचित हुँदैन। रक्तचाप अत्यधिक बढेमा वा टाउको दुख्ने, आँखा धमिलो हुने, हातखुट्टा वा अनुहार असामान्य रूपमा सुन्निनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।
त्यसैले गर्भावस्थाका बेलामा उच्च रक्तचाप नियन्त्रण गर्नु जरुरी हुन्छ । यसका लागि बिभिन्न घरेलु उपाय अपनाउन सकिन्छ ।
१. लसुन लसुनलाई गर्भावस्थाका बेलामा सेवन गर्नाले उच्च रक्तचाप (ब्लडप्रेशर) नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा कोलेस्टेरोलको मात्रालाई पनि नियन्त्रण गर्छ ।
२. नुनको प्रयोग कम गर्नु नुन अन्य अवस्थामा खाने भन्दा भर्गावस्थाका बेलामा नुनको मात्रा कम गर्नु राम्रो हुन्छ ।
३. तनाव नियन्त्रण गर्नु गर्भावस्थाका बेलामा शरीरमा हर्मोनको परिवर्तनका साथै शारीरिक तथा मानसिक परिवर्तन पनि हुने भएकाले यस अवस्थामा पैदा हुने तनावलाई नियन्त्रण गर्नु आवश्यक हुनछ ।
४. हलुका शारीरिक काम गर्नु गर्भावस्थाका बेलामा मनलाई चन्चल नबनाई बिभिन्न किसिमका घरेलु हलुका कार्यहरुमा ब्यस्त रहनुका साथै समय समयमा आराम गर्नु उचित हुन्छ ।