काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले शैक्षिक, नर्सिङ, प्राविधिक तथा प्रशासनिकलगायत विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।
कलेजको सूचनाअनुसार सहायक प्राध्यापक, लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ। त्यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि पनि अवसर खुलाइएको छ।
शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिन, रेडियोलोजी, मेडिकल इमेजिङ टेक्नोलोजी, बायोकेमेस्ट्री र फिजियोलोजीलगायत विषयमा आवश्यक योग्यता भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
स्टाफ नर्स पदका लागि बीएस्सी नर्सिङ वा पीसीएल नर्सिङ उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। मिडवाइफरी तथा आईसीयू तालिम र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। अन्य प्राविधिक तथा प्रशासनिक पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता, तालिम र अनुभव आवश्यक पर्नेछ।
इच्छुक उम्मेदवारले कलेजको आधिकारिक वेबसाइट www.nmcth.edu/career मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। इमेलमार्फत आवेदन दिन चाहनेले [email protected] मा विवरण पठाउन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकिएको छ। उम्मेदवारलाई आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता तथा आवश्यक सर्तहरू अध्ययन गर्न कलेजले आग्रह गरेको छ।