काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट र एक बिरामी नेपाल मेडिसिटी अस्पताल आइपुगेका छन्।
उनीहरूलाई प्रभु हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो। अस्पतालमा उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। फिस्टेल एयर र एयर डाइनेष्टीका दुई हेलिकोप्टर अवतरणका क्रममा एकआपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको थियो भने अन्य व्यक्ति घाइते भएका थिए।
दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि उद्धार गरी काठमाडौं ल्याइएको हो।